Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ मृत्यु, ३,६६० संक्रमणमुक्त


    शनिबार, असार ५ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २,४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा २,४०१ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जानकारी दिएको छ । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १,६८८ र ४,६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।

    आज थप  ३,६६० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८,६७५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार