Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषाका एक पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि


    बुधबार, बैशाख ३१ २०७७
    755
    Shares
  • १ मिनेट पाठ
  • धनुषा, ३१ बैशाख ।  मंगलबार धनुषाका एक जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ।

    प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार धनुषामा देखिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना पत्रकार रहेको छ।

    धनुषा र महोत्तरीमा गरी मंगलबार चार जनामा कोरोना देखिएको थियो।

    उनीहरूलाई उपचारका लागि जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ।

    संक्रमित भेटिएका ठाउँ सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङको काम गरिने प्रशासनले जनाएको छ।

    यसअघि पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार