काठमाडौं । मंगलबारदेखि मेलम्चीमा निरन्तर आएको बाढीको कारण बुझ्न विज्ञ टोली आज सिन्धुपाल्चोक जाने भएको छ ।
बाढी कसरी आयो भन्ने बारे बुझ्न स्थलगत रुपमा अनुसन्धान गर्न विज्ञ टोली जान थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बाढी पहिरोको कारण बुझ्न सिँचाइ विभाग, बाढीपहिरो विज्ञ, , खाने तथा भुगर्भ विभाग र जल तथा मौसम विभागको टोली त्यसतर्फ जान थालेको बताएका छन्।