Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा नेता रावलको सुरक्षागार्डमा संक्रमण पुष्टी


    बुधबार, बैशाख ३१ २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३१ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टीका स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री भीम रावलको एक सुरक्षागार्डमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    नेता रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको हो छ ।

    रामेछापका २७ वर्षीय ती सशस्त्र जवान भक्तपुर दुवाकोटामा बस्दै आएको स्रोतले जानकारी दिएको छ । नेता रावलको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिँदै आएका छन् । सशस्त्र प्रहरी बलको निलबाराही गणमा कार्यरत ती सशस्त्र जवान हाल टेकु अस्पतालमा भर्ना भएका छन् ।

    मंगलबार एकै दिन नेपालमा ८३ जनामा कारोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये तीन जना काठमाडौँ उपत्यकाका हुन् । उनीहरु कञ्चनपुर र सुनसरीबाट लकडाउनका समयमा पास लिएर गाडीमा काठमाडौं आएको खुल्न आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार