Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुङ्गा, गिट्टी र बालुवा उत्खनन्–निकासी नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश


    शुक्रबार, असार ४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    आज (शुक्रबार) संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको हो ।

    न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश समेत जारी गरिदिएको हो ।

    आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा सरकारले गिट्टी बालुवा विदेश निकासी गरेर व्यापार घाटा कम गर्ने बताएको थियो ।

    गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरु शैलेन्द्र प्रसाद अम्बेडकर, रामबहादुर शाही, डा. पुण्यप्रसाद खतिवडा, दिनेश त्रिपाठी, हरिराम लवजु, विक्रम नगरकोटी र नेपालका लागि नेपाली पार्टीलगायतले रिट दायर गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार