Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीएसपीदेखि डीआइजीसम्मको सरुवा निकाल्ने तयारी


    शुक्रबार, असार ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले डीएसपीदेखि डीआइजीसम्मको स?वा तयारी गरेको छ । १ बर्ष अवधि पुगेका डीएसपीदेखि डीआइजीसम्मकै सरुवा गर्ने गरी गृहकार्य भइरहेको छ । एसएसपी र डीआईजीको स?वा मन्त्रीस्तरीय निर्णयका आधारमा हुन्छ भने एसपीसम्मको सरुवा प्रहरी प्रधान कार्यालयले गर्दछ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री खगराज अधिकारी र सचिव महेश्वर न्यौपानेसँग डीएसपीदेखि डीआइजीसम्मको सरुवाको सूची फाइनल गरी आजै बेलुकासम्म निकाल्ने तयारी गरेको छ ।

     सातवटै प्रदेश, सीआइबी र प्रहरी हेडक्वाटरका प्रबन्ध निर्देशनालय, विशेष ब्यूरोका डीआइजीहरुको सरुवा भएको १ बर्ष पुगिसकेको छ । संघीय प्रहरी इकाईका कार्यालयका एसएसपीहरुको पनि एक बर्ष पुगिसकेको छ । संघीय प्रहरी कार्यालय धरान, जनकपुर, गण्डकी, बुटवल, नेपालगंज र सुदूरपश्चिमका एसएसपीको अवधि पुगिसकेको छ । अपराध अनुसन्धान महाशाखा, काठमाडौं परिसर र ललितपुर परिसरका एसएसपीको एक बर्ष पुगेको छैन । तीन एसएसपीको अवकाश भएकाले दरबन्दी खाली छ ।  

    अधिकांश जिल्लाका एसपीहरुको पनि एक बर्ष पुगिसकेको छ । रौतहट, चितवन, झापा, महोत्तरी, धनुषा, बारा बाहेकका एसपीको एक बर्ष पुगिसकेको छ । कैलाली, पश्चिम नवलपरासी र सुनसरीका एसपीको त १६महिना पुगिसकेको छ । बाँके र कास्कीका एसपीको पनि १५ महिना पुगिसकेको छ । 

    डीआइजीहरु को कहाँ सरुवा हुँदैछन् ?

    गृहमन्त्रालयले डीआइजीहरुको सरुवा टुंग्याएको छ । स?वा हुने डीआइजीहरुमा सहकुल थापा प्रदेश नम्बर १, दिवेश लोहनी प्रदेश नम्बर २, प्रकाशजंग कार्की बागमती प्रदेश छन् ।

    त्यसैगरी, हाल प्रबन्धका डीआइजी पुरुषोत्तम कँडेल गण्डकी प्रदेश, अरुणकुमार बीसी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मुुकुन्द आचार्य र सुदूरपश्चिम प्रदेशमा देव बोहराको नाम रहेको स्रोतले दाबी गरेको छ । सीआइबीमा धिरजप्रताप सिंह र साइबर ब्यूरोमा उत्तम सुवेदीको नाम रहेको छ । डीआइजी प्रकाश अधिकारीलाई प्रहरीको खरिद बिक्री हेर्ने प्रबन्धमा स?वा गर्ने दाउमा आइजीपी क्षेत्री रहेका छन् । प्रदेशमा स?वा हुने दाउमा गणेश ऐर पनि शक्तिकेन्द्र धाइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार