Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २,७६८ जना कोरोना संक्रमित थपिंदा ४४ जनाको मृत्यु


    शुक्रबार, असार ४ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार देशभर २ हजार ७६८ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

    यो अवधिमा ४ हजार २० जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ ।

    कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १. ६ प्रतिशत छ। हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाकाे पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाकाे एन्टिजेन विधिबाट परीक्षण भएको छ । 

    हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पाेजेटिभ देखिएकाे तथ्यांक छ। तिमध्ये ५ लाख ४९ हजार ६८२ जना निको भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार