पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ मत आएको छ भने विपक्षमा २७ मत आएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गरेर सुनाएका थिए।
मुख्यमन्त्री पोखरेलका पक्षमा बहुमत सांसद देखिएका हुन्। मतदानमा ५८ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए।
नेकपा एमालेले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिएको थिएन।
नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेललाई नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।
प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ।
यसैबीच मुख्यमन्त्री पोखरेलले अब मन्त्रिपरिषद विस्तार गर्ने र यसअघि मन्त्री बनाएकालाई मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
कांग्रेस, जसपा र एक स्वतन्त्र सांसदलाई मुख्यमन्त्रीले विना विभागीय मन्त्री बनाएका थिए। धेरै दल मिलेर गठबन्धनबाट मुख्यमन्त्री बनेको र पछि बिबाद आउन सक्ने भएकोले छिट्टै विश्वासको मत लिइएको कांग्रेसका एक सांसदले बताए।
अब मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री पोखरेललाई चुनौती छ किनभने कांग्रेसमै मन्त्री हुन आकांक्षी धेरै छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend