Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोपा अमेरिका : स्टार खेलाडीहरु चम्किएपछि ब्राजिलको सानदार जित


    शुक्रबार, असार ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

    आज बिहान भएको समुह चरणको आफ्नो दोस्रो खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।

    घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले समान एक एक गोल गरे ।

    खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । 

    आक्रामक खेल खेलेको घरेलु टोलीले पुन: खेलको ८९ औं मिनेटमा एभर्टनको गोलबाट ३-० को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।

    यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

    यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

    पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार