Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘भ्याक्सिन पासपोर्ट’ बारे भारतमा पनि छलफल


    शुक्रबार, असार ४ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। कोरोना भाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । 

    जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो। 

    कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्धेश्यले ‘भ्याक्सीन पासपोर्ट’को अभ्यास सुरु भएको छ ।  
     
    भारतले पनि कोरोना भाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सीन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ ।

    दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिए । 

    ‘यस बारेमा हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभरी नै छलफलको विषय बनिरहेको छ,’ उनले भने । 

    कतिपय विकासशिल मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टीकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे। 

    ‘भ्याक्सीन पासपोर्ट’भन्दा ठूलो कुरा सवैले समान रुपमा भ्याक्सीन पाउनु पर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ  उनले भने। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार