काठमाडौं, ३० बैशाख । नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको आइतबारको बैठकमा मन्त्रीहरुको के काम छ, समितिमा बोलाउँदा किन नआउने भन्दै आक्रामक शैलीमा प्रस्तुत भए । त्यसपछि उनको आलोचना पार्टीभित्रैबाट भइरहेको छ । उनले मन्त्रीहरुको के काम छ भनेर अवमूल्यन गरेको र भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माणको बिरोधमा परराष्ट्र मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा कसैले हस्ताक्षर नगरेको बेबारिसे भन्दै बिरोध गरेका थिए । उनले भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले लिम्पियाधुरा कहिल्यै नेपालको नक्सामा नभएको भनी ऋषि धमलाको रेडियोमा बोलेको बिषयमा पनि उनले कुरा उठाएका थिए ।
सरकारले भारतीय हस्तक्षेपको बिरुद्ध विज्ञप्ति निकाल्दानिकाल्दै पनि उनले एकोहोरो बिरोध गरेको भन्दै उनको आलोचना भइरहेको छ । तर रावल तथ्यमा आधारित भएर मात्र कुनै बिषयमा बोल्ने गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख बिष्णु रिजाल बताउँछन् ।
रावलको बारेमा टिकाटिप्पणी गर्नेहरुलाई जवाफ दिदै उनले लेखेका छन्–‘नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावल तथ्य, प्रमाण र आधारमा उभिएर तर्क गर्नुहुन्छ । उहाँका कुरा कसैलाई मन नपरे गाली गरेर होइन, उहाँले भन्दा बढी तथ्य र तर्क प्रस्तुत गरेर आलोचना गर्दा हुन्छ । शैली आ आफ्ना हुन्छन्, भीम रावलले सार्वजनिक रुपमा अप्रमाणित र तथ्यविपरीतका कुरा बोलेको रेकर्ड छैन । राष्ट्रियताका पक्षमा दृढतापूर्वक अडान राखेवापत उहाँको उछितो काढ्ने मित्रहरुलाई हेक्का भए राम्रो– भीम रावल दुई–चार बर्षयता भवितव्यले 'राष्ट्रवादी' भएको नेता होइन । राष्ट्रियताका प्रश्नमा उहाँ सदाबहार रुपमा अग्रिम मोर्चामा उभिँदै आउनुभएको छ ।‘
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend