Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटको जलजला पाटनमा सात बेपता


    बुधबार, असार २ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट । जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा  नं ८  र ९ का  सात जना बेपता भएका छन् । मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

    वडा ८ का बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र  वडा नं ९ का कृष्ण रोकाय रहेको प्रहरी नायब उपरीक्षक मधु थापाले बताएका छन् । त्यस्तै सोही हावाहुरीबाट ज्यान बचाउन सफल चार जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कमा आउनेहरुमा भक्तबहादुर रोकाय, इश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का रहेका छन् ।

    त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । आज बिहान मात्र घटनाको बारेमा जानकारी आएका कारण प्रहरी जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार