Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै सवारी पास रद्द, लकडाउन कडा पारिंदै


    मंगलबार, बैशाख ३० २०७७
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० बैशाख । आजमात्रै ५७ जनामा जनामा कोरोना संक्रमण पुष्टी भएपछि सरकार गम्भीर भएको छ ।  मंगलबार बिहान ५७ जनामा कोरोना संक्रमण देखिएको थियो । ५७ जना संक्रमित पाइएपछि मंगलबारदेखि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

    गृहमन्त्रालयका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचयपत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार