Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २८२८ जना कोरोना संक्रमित थपिंदा ५२ जनाको मृत्यु


    बुधबार, असार २ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

    असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार