Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • रोपाइँमा गएकाहरू खोलामा फसेपछि डोजरको बकेटमा राखेर गरियो उद्धार


    बुधबार, असार २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयलाई उद्धार गरिएको छ ।

    मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए । उनीहरूलाई बुधबार बिहान उद्धार गरिएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए ।

    खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन।

    मेयर पाण्डेका अनुसार आज बिहान मिदिम खोलालाई डोजर लगाएर विभिन्न भंगालोमा पानी पठाएर स्थानीय ९ जनालाईउद्धार गरिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार