काठमाडौं,३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
केही दिनघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले ‘दबाब समुह’ गठन गर्दै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई औपचारिक बैठक बोलाउँन दबाब दिएपछि स्थायी कमिटी बैठक बोलाइएको ती नेताकाे भनाइ छ।दबाब समुहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति जुटेको थिएन ।
अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेको थियो । ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बताएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend