काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालनिकट युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाँच बुँदे मागसहितकाे ज्ञापन पत्र बुझाएकाे छ ।
संघले मंगलबार प्रेस वक्तव्य जारी गर्दै पाँच बुँदे माग मध्ये ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेका छन्।
युवा संघले ओलीलाई एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न माग गरेको छ।
त्यसैगरी, प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्ने आत्मालोचना गरेर अघि बढ्न समेत माग गरेको वक्तव्यमा उल्लेख छ।
युवासंघ नेपालले नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरेको छ भने विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटो हुने भन्दै नेताहरूलाई एक ठाउँमा राखेर सो कमिटी ब्युँताएर बैठक बोलाउन भनिएको छ।
पछिल्लो समय कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त भएको अवस्थामा सबै नेपालीलाई खोपको व्यवस्था गर्न समेत संघले माग गरेको छ।


काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend