Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २,७४५ जना कोरोना संक्रमित थपिंदा ४,१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु


    मंगलबार, असार १ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

    पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो।   

    देशभर पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन्।

    त्यस्तै ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार