Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्यांकर चालकलाई कोरोना खोप दिने सहमतिसँगै आन्दोलन फिर्ता


    मंगलबार, असार १ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।

    नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएपछि आन्दोलन फिर्ता भएको हाे ।

    ट्यांकर चालकहरूलाई बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएकाे छ । 

    संघका अध्यक्ष ईश्वर लामाका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।

    आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार