Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबलमा आज दुई खेल


    मंगलबार, असार १ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।  १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

    युरोकपमा आज समूह ‘एफ’ को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

    साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग पुस्कास एरिनामा राति ९:४५ बजे खेल्नेछ। 

    त्यस्तै, आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार