एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ ।
सोमबार साँझ भएको खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो ।
चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे ।
खेलको ४२ औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा पुन प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए ।
यस जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।