एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत उपाधि दाबेदार अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ ।
गएराति भएको खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो ।
यस्तै, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने चिली दोस्रो स्थानमा रहेको छ ।