एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन्।
गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
खेल अबधिभर बल पोजिसनमा पकड बनाएर गोल गर्ने अवसर सिर्जना गरे पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन ।
त्यस्तै, स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीमा सकिएसँगै समूह इ मा रहेको स्पेन दोस्रो स्थानमा तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ ।