Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘अहिले काठमाडौंमा लकडाउन छ र ! ’  – प्रधानमन्त्री ओली


    मंगलबार, बैशाख ३० २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३० बैशाख । आज बसेको मन्त्रीपरिषदको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले  कोरोनाभाइरसको संक्रमण दिनदिनै फैलिरहेका बेला लकडाउन खुकुलो बनाउनु सही नभएको बताएका थिए।

    प्रधानमन्त्रीले पछिल्ला दिनमा काठमाडौंका सडकमा देखिएको ट्राफिक जामलाई संकेत गर्दै प्रश्न गरे‘ अहिले काठमाडौंमा लकडाउन छ र ’ मान्छेको जीवनभन्दा अर्थतन्त्र ठूलो नभएकाले खुकुलो भएको लकडाउन कडा बनाउन प्रधानमन्त्रीले निर्देशन दिए।

    पछिल्लो समय सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ उद्योगहरू चलाउन दिने निर्णय गरेको थियो। उद्योग र पसलहरू चल्न दिने निर्णय गरेसँगै काठमाडौंका सडकमा बिहान र बेलुका ट्राफिक जाम हुन थालेको छ।लकडाउन खुकुलो भएकै दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार