Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २,९१८ जना संक्रमित थपिँदा ५३ जनाको मृत्यु, ५,१४७ जना डिस्चार्ज


    सोमबार, जेष्ठ ३१ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको  पीसीआर परीक्षण गर्दा २ हजार ०४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ३८१ परीक्षण गर्दा ८६९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार १४७ जना निको भएर घर फर्केका छन् ।

    यसैगरी, गत २४ घण्टामा ५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।

    यसअघि हिजो २ हजार ४०७ जना संक्रमित थपिदा ३ हजार ९९४ जना संक्रमणमुक्त भएका थिए भने ४६ जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार