Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई


    सोमबार, जेष्ठ ३१ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गर्नुभएको बताइएको छ ।

    इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिनुभएको बताइएको छ ।इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उहाँलाई फोन गरेर बधाई दिनुभएको बताइएको छ ।

    त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्काे कुनै पनि देश नरहेको बताउनुभएको समाचारमा जनाइएको छ ।

    इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभएका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।उहाँले आइतबार राति इजरायलको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उहाँलाई फोन गरेर बधाई दिनुभएको थियो ।सिन्ह्वा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार