Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • भोलिदेखि मेलम्चीको पानी नआउने, केयुकेएलले यी स्थानमा पानी वितरण गर्दै


    सोमबार, जेष्ठ ३१ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी अब दुई महिना नआउने भएको छ । उपत्यकामा असार १ गते मंगलबारदेखि मेलम्चीको पानी नआउने भएको हाे ।

    आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने भएकाले झण्डै दुई महिना मेलम्चीको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ। 

    एक सूचना जारी गर्दै खानेपानी लिमिटेडले कुन ठाउँमा कहिले खानेपानी वितरण गरिने जानकारी दिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी नआउन्जेलसम्म खानेपानी वितरण गर्न लागेको सूचनामा जनाएको छ । 

    1623651498-nlTbQ.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार