Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको नाम लिँदै बाबुरामले गरे निर्वाचन आयोगलाई प्रश्न – वादी-प्रतिवादी मिलेर बस भन्ने ?


    सोमबार, जेष्ठ ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन आयोग भूमिकातर्फ संकेत गर्दै प्रश्न उठाएका छन्।

    अध्यक्ष भट्टराईले आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता दिन नसकिने बताएसँगै उनले प्रश्न उठाएका हुन्। 

    जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई गरेको कारवाही  वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका हुन्। 

    आयोगको भूमिकाप्रति भट्टराईले सोमबार बिहान प्रश्न उठाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर  सामाजिक संजालमा ट्वीट गरेका छन्। 

    उनले लेखेका छन् ‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु। चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु ! वाह।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार