Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना संक्रमणबाट कांग्रेसका पूर्वसांसद अधिकारीको निधन


    सोमबार, जेष्ठ ३१ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ। नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । 

    विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । 

    उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए। 

    विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार