Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज न्युजिल्याण्डलाई, च्याम्पियनसिप फाइनलमा भारतसँग खेल्ने


    सोमबार, जेष्ठ ३१ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । घरेलु टिम इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज न्युजिल्याण्डले जितेको छ ।

    इंग्ल्यान्डको घरेलु मैदान बिर्मिन्घममा आइतबार दोस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज १-० ले जितेको हो। 

    यसअघि लर्ड्समा भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

    टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३ रन जोडेको थियो । इंग्ल्यान्डका लागि डान लरेन्सले अविजित ८१ रन बनाएका थिए भने न्युजिल्याण्डका ट्रेण्ड बोल्ट एक्लैले ४ विकेट लिए । 

    यस्तै, पाहुना टोली न्युजिल्याण्डले पहिलो इनिङ्समा ३ सय ८८ रन जोडेको थियो । न्युजिल्याण्डका लागि विल योङले ८२ रन जोड्दा रोस टेलर र डेभोन कोन्वेले समान ८०/८० रनको योगदान दिएका थिए । इंग्ल्यान्डका स्टुवार्ट बोर्डले ४ तथा मार्क उड र ओली स्टोनले २/२ विकेट लिएका थिए ।

    त्यसपछिको दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय २२ रनमा अलआउट भएपछि न्युजिल्याण्डले ३८ रनको झिनो लक्ष्य पाएको थियो । यसपटक भने इंग्ल्यान्डलाई सस्तैमा समेट्न न्युजिल्याण्डका माट हेनरी र निल वान्गेरले ३/३ विकेट लिए ।

    इंग्ल्यान्डबाट पाएको सामान्य लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका कप्तान टम लाथम २३ रनमा अविजित रहे । इंग्ल्यान्डका स्टुवार्ड बोर्ड र ओली स्टोनले १/१ विकेट लिए ।

    यस टेस्ट सिरिज जितेसँगै न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । अब न्युजिल्याण्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जुन १८ मा भारतसँग खेल्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार