Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : युक्रेनमाथि नेदरल्याडसको रोमान्चक जित


    सोमबार, जेष्ठ ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको खेलमा नेदरल्याड्सले युक्रेनलाई पराजित गरेको छ ।

    आइतबार राति भएको समूह सीको खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

    डच टिमका लागि खेलको ५२ औँ मिनेटमा जर्जिनिओ वाइनाल्डम, ५८ औँ मिनेटमा वाउट वेघोर्स्त र ८५ औँ मिनेटमा डेन्जेल डमफ्रीजले गोल गरेका हुन् ।

    युक्रेनका लागि खेलको ७५ औँ मिनेटमा एन्ड्री यरमोलेन्का र ७९ औँ मिनेटमा रामन यरियमचिकले गोल गरे ।

    अब बिहीबार युक्रेनले नर्थ मेसेडोनिया तथा नेदरल्याण्ड्सले अस्ट्रियासँग खेल्ने छन् ।

    आइतबार राति नै भएको अर्को खेलमा अस्ट्रियाले नर्थ मेसेडोनियामाथि ३–१ गोलको जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार