Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोपा अमेरिका : ब्राजिल र कोलम्बिया बिजयी


    सोमबार, जेष्ठ ३१ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले सुखद सुरुवात  गरेको छ। 

    आज बिहान भएको खेलमा समूह बी मा रहेको ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। 

    साविकबिजेता समेत रहेको घरेलु टोली ब्राजिलका लागि खेलको २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरे भने खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

    यस्तै, खेलको ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

    यसैगरी, आज बिहान सम्पन्न  अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ। कोलम्बियाको जितमा खेलको ४२ औँ मिनेटमा ई कोर्डनले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। 

    जितसंगै समूहको शीर्ष स्थानमा ब्राजिल र कोलम्बियाको समान ३/३ अंक भएपनि गोल अन्तरको आधारमा ब्राजिल पहिलोमा रहेको छ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार