Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश राष्ट्रिय दैनिकका प्रकाशकलाई हातपात गरेको अभियोगमा २ जना पक्राउ


    मंगलबार, बैशाख ३० २०७७
    675
    Shares
  • १ मिनेट पाठ
  •  बारा, ३० वैशाख । तराई मधेश राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशकलाई हातपात गरेको अभियोगमा कलैया उपमहानगरपालिका -२ स्थित पिलुवा सडकबाट २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका-३ भवानीपुर टोल बस्ने २३ वर्षीय छोटु भन्ने ईरफान मन्सुर र सोही उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय नारायण सरार्फ रहेका छन् । सोही सडकमा मोटरसाइकल चढी घरतर्फ जाँदै गरेका उक्त दैनिक पत्रिकाका प्रकाशकलाई उनीहरुले हातपात तथा दुव्र्यहार गर्ने कार्यमा संलग्न भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार