निर्मल बाबु लामिछाने / काठमाडौँ। शुक्रबार बाग्मती प्रदेश सभाको बैठकमा एक अप्रत्यासित शब्द सुनियो । जुन शब्द नेपालको राजनीतिक इतिहासदेखि अहिलेसम्म कहीं कतै पनि सुनिएको थिएन । त्यो शब्द हो ‘नाथुराम गोड्से बन्न तयार हुनुपर्ने’, नाथुराम गोड्से त्यो व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।
यसैबिषयमा हिजो कांग्रेस नेता नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । जब बैद्यले उक्त अभिव्यक्ति दिए तब सो अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध हुन थाल्यो । राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म, देशदेखि विदेशसम्म र प्रतिपक्षदेखि सत्तापक्षसम्म सबैले तत्काल आत्मालोचनासहित क्षमा माग्नुको विकल्प नभएको बताएका थिए।
नेता बैद्यले संसद जस्तो गरिमामय ठाउँबाट सो अभिव्यक्ति किन भने, कसरी भने र कसको आडमा भने ? त्यो त उनलाई नै थाहा होला। तर, प्रधानमन्त्री ओली अध्यक्ष रहेको राजनीतिक दल नेकपा एमालेका नेता महेश बस्नेतले भने महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
यस्तै, एमालेका अन्य नेताहरुले समेत बैद्यले तत्काल आत्मालोचनासहित माफी माग्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । यसक्रममा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्ने बताएका छन् ।
आजै एमालेका पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले पार्टीको तर्फबाट एक विज्ञप्ति सार्वजनिक गर्दै नेता थापाको भनाइ झैं फौजदारी कसुरको कारवाही हुनुपर्ने र एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
कांग्रेस नेता बैद्यको सो अभिव्यक्तिले सामाजिक सञ्जाल भरिएको बेला उनका पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव भने माैन बसेका छन्। त्यसो त प्रधानमन्त्री स्वयम् पनि चुपचाप बसेका छन्। बिपक्षी गठबन्धनका नेताहरुले कुनै प्रतिकृया नगरेको भन्दै प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले आक्रोश समेत पोखेका छन्।
उनले लेखेका छन् ‘नराेत्तम वैद्यले अपराधिक मनसायका साथ बाेले।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र माैन छन्,कसैले बाेली फिर्ता लिन र आत्मालाेचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसाे भनेकाे पाइन्छ।प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’
चौतर्फी दबाब र आलोचनाका बाबजुत अभिव्यक्ति सार्वजनिक गरेको करिव १८-१९ घण्टापछि नेता बैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्। उनको सो अभिव्यक्ति फिर्ता लिन कांग्रेसले एक विज्ञप्ति जारी गर्दै निर्देशन समेत दिएको थियो।
शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिएको भन्दै माफी मागेका हुन्। बैठकमा वैद्यले प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै रिसीवी नभएको भन्दै आफू हत्या हिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाए ।
हिजोको यस अभिव्यक्तिले सामाजिक संजालमा हलचल नै मच्चिएको थियो भने एमाले र कांग्रेस पनि तरंगित भएका थिए । नेता बैद्यको सो अभिव्यक्तिप्रति उनको पार्टीले के कस्तो कारवाही गर्छ या गर्दैन त्यसबारे भने सार्वजनिक गरिएको छैन, अहिले भने नेता बैद्यले पार्टीको निर्देशनमा आत्मालोचनासहित माफी मागिसकेका छन् । तर, यसबारे प्रधानमन्त्री ओलीले भने कुनै प्रतिकृया जनाएका छैनन् । सामान्य भन्दा सामान्य अभिव्यक्तिको समेत ख्याल राख्ने र सामाजिक संजालमा अप टु डेट भइरहने प्रधानमन्त्री ओलीले कुनै पनि प्रतिकृया नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend