Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी जवान मृतावस्थामा फेला


    मंगलबार, बैशाख ३० २०७७
    770
    Shares
  • १ मिनेट पाठ
  •  सुर्खेत, ३० बैशाख ।  सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयले सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन रहेको बताए ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले मंगलबार  बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दुरीमा फेला परेको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए ।

    प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार