Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो


    मंगलबार, बैशाख ३० २०७७
    600
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ३० बैशाख ।  कोरोना भाइरस (कोभिड १९) बाट भारतमा संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् ।

    त्यस्तै भारतमा कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २३ हजार चार सय एक जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गुजरातमा अहिलेसम्म आठ हजार पाँच सय ४१ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय १३ पुगेको छ ।

    मध्यप्रदेशमा अहिलेसम तीन हजार सात सय ८५ जना संक्रमित हुँदा दुई सय २१ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म दुई हजार ६३ जना संक्रमित भइसकेका छन् भने एक सय ९० जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार पाँच सय ७३ जना संक्रमित भेटिँदा ८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म सात सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा २२ हजार चार सय ५५ संक्रमित निको भएर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार