Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बादल आउट भएपछि श्रीमतीको ओली सरकारमा ‘इन्ट्री’


    बिहिबार, जेष्ठ २७ २०७८
    680
    Shares
  • १ मिनेट पाठ
  • सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । 

    बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् ।  यसअघि थापा महिला आयोगमा थिइन् । 

    उसो त यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् । 

    यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार