Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेल निकाल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ, ल्याङल्याङ अति भयाे: सूर्य थापा


    मंगलबार, जेष्ठ २५ २०७८
    1.6K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब जेठ २, २०७५ काे रटानकाे अध्याय सकिएकाे बताएका छन् ।

    आज सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले बरू काँग्रेससँग एकता हाेला तर माधव कुमार नेपालकाे शर्त स्वीकारे एमाले एकता हुन नसक्ने भन्दै जेठ २ काे रटान सकिएकाे बताएका हुन् । 

    पछिल्लो समय नेकपा एमालेभित्र सत्तापक्ष र असन्तुष्ट पक्षबीच आन्तरिक द्वन्द चर्किदै गएको बेला प्रधानमन्त्री ओलीका सल्लाहकार थापाको यो भनाइमा एकताको अन्त्य भएको बुझ्न सकिन्छ।

    अध्यक्ष ओलीकाे वक्तव्य मानेर आउनेलाई स्वागत गर्ने बताउदै उनले भने,’तेल निकाल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयाे !’ 

    उनले लेखेका छन्, ‘अब जेठ २ काे रटानकाे अध्याय सकिएकाे छ । माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला । तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयाे ! अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार