Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वाब संकलनपश्चात घर गएका  थिए सप्तरीका कोरोना संक्रमित


    सोमबार, बैशाख २९ २०७७
    825
    Shares
  • २ मिनेट पाठ
  • सप्तरी, २९ बैशाख । कोरोना भाइरस पुष्टि भएका सप्तरीका युवक क्वारेन्टाइनबाट घर गएको पाइएको छ । उनी स्वाब संकलनपश्चात घर गएका थिए ।  लकडाउनको समयमा चितवनबाट पैदल हिँडेर वैशाख ९ गते सप्तरीमा आइपुगेका उनीसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकन– ५ पातोस्थित कान्तचन्द्र माविको क्वारेन्टाइनबाट राखिएको थियो । २५ गते उनीहरुको थ्रोट स्वाब संकलन गरियो ।

    आइतबार उनी वडा नम्बर ३ तरहीस्थित घर गएको थिए । ‘स्वाब लिएर परीक्षणका लागि पठाए उनीसहित १३ जनालाई घर पठाइएको थियो’ वडा अध्यक्ष प्रदीप साहले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको १९ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’ उनीहरु आइतबार घर गएका थिए ।तर भोलिपल्ट उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ आएपछि खोजी गर्दा उनी घरमा थिएनन् । उनी पातो बजारमा हजुरआमासँग भेटिएका हुन् । उनीसँगै रहेका हजुरबा र हजुरआमालाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी गरिएको बताए । उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिनेछ ।यसबाहेक परिवारका सदस्य र उनले भेटघाट गरेका व्यक्तिहरुको खोजी गरिने सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार