Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ राजदुत होउ यान्छीद्धारा अत्यावश्क स्वास्थ्य सामग्री हस्तान्तरण


    सोमबार, बैशाख २९ २०७७
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ बैशाख।चीनले नेपाल सारकारलाई कोरोना भाइरस नियन्त्रणका लागि  पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। सोमबार चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।

    स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गरे ।चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार