सर्लाही, २९ वैशाख । मोटरसाइकल लुटपाट गरेको अभियोगमा बागमती नगरपालिका-३ बस्ने २५ वर्षीय सुवास घलान सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
बागमती नगरपालिका-४ क्षेत्रीय बाटोमा बरहथवा नगरपालिका-२ बस्ने २७ वर्षीय पुरुषले चलएको ना २९ प ९७३० नम्बरको मोटरसाइकल लुटपाट एवम् चालकलाई कुटपिट समेत भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।