Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा एक पुरुषको शव फेला, हत्या गरि फालिएको आशंका


    सोमबार, बैशाख २९ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • महोत्तरी,  २९ बैशाख । आइतबार साँझ महोत्तरीमा एक पुरुषको शव फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका हुन् । 

    बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । 

    मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ । यसै आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए। बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ ।रासस
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार