काठमाडौं, २९ बैशाख । लिपुलेक र लिम्पियाधुरामा नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सम्पूर्ण राष्ट्र आक्रोसित छ । सरकारले औपचारिक रुपमा बिरोध जनाइसकेको छ । सत्तारुढ नेकपाका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमिमाथिको अतिक्रमणको बिरोध गरिसकेका छन् । सरकारले गर्ने कूटनीतिक धर्म यही हो । विगतका सरकारभन्दा नेकपाको सरकारले भारतीय हस्तक्षेपको औपचारिक बिरोध गर्ने साहस गरेको छ ।
भारतले नेपाली भूमिमाथि अतिक्रमण गरी सडक खन्दा पनि नेपालका कतिपय नेताहरु चुप छन् । देशको सार्वभौमसत्ताको सुरक्षाका बारेमा मधेशवादी नेता त झन् चुप छन् । त्यसरी चुपचाप बसी भारतीय हस्तक्षेपको बिरोध नगर्नेहरुमा तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र यादव छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पनि चुपचाप छन् ।
बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले मधेशका नेताहरुको मौनताबारेमा सामाजिक संजालमा ब्यंग्य गर्दै लेखेका छन्–देशको सार्बभौमिक सुरक्षाका बारेमा राजेन्द्र महतो, बिमलेन्द्र निधि, बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादबहरूले पनि बोल्ने हुन् कि भन्ने ‘चिन्ता’ मलाई जहिले पनि लागिरहन्छ !
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend