Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित थप दुई जना आज विराटनगरबाट डिस्चार्ज 


    आइतबार, बैशाख २८ २०७७
    675
    Shares
  • २ मिनेट पाठ
  • विराटनगर, २८ बैशाख ।  कोरोना भाइरस संक्रमित मध्ये थप दुई जना निको भएका छन ।  कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।

    वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एकरएक जना आइतबार डिस्चार्ज भएका हुन् ।

    भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

    कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । ‘रिपोर्ट नेगेटिभ आएपछि आइतबार दुई जनालाई डिस्चार्ज गरेका छौं,’ सिग्देलले भने, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरु घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’

    आइतबार दुई जना डिस्चार्ज भएसँगै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए ।

    १६ जना डिस्चार्ज भएपनि अस्पतालमा चार जना बिरामी थपिएका छन् । डाक्टर सिग्देलका अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् । प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् । १९ जना उपचाररात छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार