Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजी विद्यालयका प्रधानाध्याकको हत्या, हत्याको आरोपमा छिमेकी पक्राउ


    आइतबार, बैशाख २८ २०७७
    740
    Shares
  • १ मिनेट पाठ
  • धादिङ, २८ बैशाख । उत्तरी धादिङको एक निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार  गङ्गा–जमुना एकेडेमीका प्रअ ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो ।

     उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ ।

    विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेका बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि धादिङबेँसी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए । आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार