Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रासायनिक मलमा कालोबजारी गरेको आरोपमा २ जना पक्राउ


    आइतबार, बैशाख २८ २०७७
    655
    Shares
  • २ मिनेट पाठ
  • गोरखा, २८ बैशाख । गोरखाको जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

    पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमति समेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ ।

    सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृत रूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

    प्रहरीले श्रेष्ठको फार्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।

    पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । आफूहरु ठगिएको थाहा पाएपछि किसानले शुक्रबार दिनभर उक्त फार्ममा धर्ना समेत दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार