Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञामा पनि शुल्क बुझाउन सरकारी कलेजको विद्यार्थीहरुलाई ताकेता, अनलाइन क्लासको शुल्क अनलाइनबाटै !


    बिहिबार, जेष्ठ १३ २०७८
    1.1K
    Shares
  • ३ मिनेट पाठ
  • निर्मल बाबु लामिछाने/ काठमाडौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै सुरु भएको महामारीले गर्दा देशभरका प्राय सबै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक कामकाज बाहेकका सरकारी कार्यालयदेखि निजी क्षेत्र पूर्ण रुपमा बन्द भएका छन् ।  

    हाल देश पूर्ण रुपमा ठप्प छ।  शैक्षिक संस्थाहरुदेखि लिएर अन्य कार्यालय पनि बन्द गरिएको छ। महामारीले गर्दा निषेधाज्ञा जारी भएपछि राजधानी पढ्न भनेर आएका विद्यार्थीहरु पुन: गाउँमै फर्किन समेत बाध्य भएका छन् । काठमाडौँमा जागिर गर्दै पढ्दै गर्ने बिद्यार्थीहरुलाई कोरोनाले गर्दा दोहोरो सास्ती झेल्नु परेको विद्यार्थीहरु बताउछन्। 

    ‘कोरोनाले कलेज पनि बन्द भयो, गर्दै आएको काम पनि बन्द भयो’, एक जना विद्यार्थीले भनिन् । अधिकांश विद्यार्थीहरु विहान कलेज गएर दिउँसो सपिङ्ग महल, भाटभटेनीलगायतका क्षेत्रमा काम गर्ने गरेकोमा निषेधाज्ञाले गर्दा सबै बन्द भएको छ । तर, निषेधाज्ञाका कारण  जागिर गुमाएर बसेका उनीहरुलाई कोठा भाडादेखि लिएर कलेजको शुल्क तिर्न झनै गार्हो परेको ती विद्यार्थीले बताइन् । 

    यसैबीच, राजधानीका कलेजहरुहरुले निषेधाज्ञामा अनलाइन क्लास गर्दै विद्यार्थीहरुलाई पढाउदै आएको बेला अनलाइनको पैसा अनलाइनबाटै तिर्न सूचना समेत जारी गरेका छन् । जबकी सर्वोच्च अदालतले निषेधाज्ञाको अबधीभर र त्यसको एक महिना पछिसम्म कुनैपनि क्षेत्रका व्यवसायीहरुलाई कर चुक्ताको ताकेता नगर्न समेत आदेश दिएको बेला कलेजहरुले भने धमाधम सूचना जारी गर्दै शुल्क तिर्न विद्यार्थीहरुमाथि दवाब दिएका छन्। 

    निषेधाज्ञा खुल्ने कहिले हो ? थाहा छैन। कहिले परिक्षा हुने हो त्यो पनि थाहा छैन। बिहान खाए बेलुका के खाने ? गुमेको जागिर फर्केर कहिले आउने ?कुनै अत्तोपत्तो समेत नभएका बेला कलेजहरुले विद्यार्थीहरुलाई शुल्क मिनाह गर्नुको सट्टा उल्टै शुल्क नतिरे परिक्षा दिन नपाउने भन्दै छिट्टो अनलाइनबाट शुल्क तिर्न बारम्बार सूचना जारी गर्ने गरेको पाइएको छ।

    यसको एउटा उदाहरण हो राजधानीको कोटेश्वरस्थित रहेको सरकारी क्याम्पस – कोटेश्वर बहुमुखी क्याम्पस !  केहीदिनअघि कलेजले सूचना जारी गर्दै अब परिक्षा छिट्टै हुने र समयमै विद्यार्थीहरुले शुल्क नबुझाए परिक्षाबाट बन्चित हुनु पर्ने भन्दै निर्देशन समेत दिएको छ । जब की कलेज खुल्ने टुंगो समेत नभएको बेला अझ सरकारी निकायकै मातहतमा रहेका विद्यालयहरुले यस्तो निर्देशनले गाउँमा गएका विद्यार्थीले कसरी तिरुन कलेजको शुल्क ? कसरी  पढु भनेर मोबाइलको डाटा प्याक तानेर पढ्नेहरुले बैंकिक सुबिधा नभएको ठाउँबाट के गर्लान् ? विद्यार्थीहरु भन्छन् – पढ्न र पढाउन निषेधाज्ञा लागू हुने, शुल्क लिन लागू नहुने ?

    192229578_477970213277674_4155404973854464016_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार