Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन लुकाइयो सशस्त्रको रासनकाण्ड ?


    बुधबार, फाल्गुन २१ २०७६
    910
    Shares
  • २ मिनेट पाठ
  • ललितपुर, २१ फागुन । काण्डैकाण्डका कारण चर्चामा आइरहने सशस्त्र प्रहरी बलको ललितपुरस्थित दक्षिणकाली गणका गणपति एसपी सुरेशकुमार श्रेष्ठले गरेको रासन घोटाला प्रकरणमा उनी दोषी देखिए पनि कारवाही नगरी प्रतिवेदन नै लुकाइएको उजागर भएको छ । 

    सशस्त्र प्रहरी बल गठन भएसँगै लिएको प्रहरी निरीक्षकको पहिलो भर्ना अर्थात सिसं १ को १ नम्बरकै एसपी रहेका सुरेशकुमार श्रेष्ठले गणका प्रहरीहरूलाई आउट छोडी उनीहरूलाई रासनको रकम नदिई खाएको प्रमाणसहतिका निवेदनहरू हेलो सरकारमा परेपछि उनको छानविन सुरु भएको थियो । 

    हेलो सरकारकै उजुरीका आधारमा सशस्त्र मुख्यालयले तत्कालीन एसएसपी वंशी दाहाल, कानुनका डिएसपी युवराज अर्यालसहितको अनुसन्धान टोली गठन गरेको थियो । सो अनुसन्धान टोलीले एक महिना लगाई गरेको रासनकाण्डका अनुसन्धानका क्रममा एसपी श्रेष्ठ दोषी देखिएको प्रतिवेदन बुझाएको थियो । तर प्रतिवेदनमा दोषी देखिए पनि एसपी श्रेष्ठलाई अहिलेसम्म कुनै कारवाही भएको छैन । 

    हालै गृहसचिवबाट अवकाशप्राप्त प्रेमकुमार राईको चर्को दबाबमा एसपी श्रेष्ठलाई कारवाही नगरी जोगाइएको कुरा सशस्त्रका एक एआइजीले हाम्रा संवाददातालाई जानकारी दिए । सुनसरीस्थित गणमा गणको प्रमुख भएका एसपी श्रेष्ठलाई ६ महिनामा नै सचिव राईकै दबाबमा दक्षिणकाली गणको प्रमुख बनाइएको थियो । जबकि सशस्त्रको सरुवा नियमावली अनुसार कुनै काण्ड वा घटना नभए एक वर्ष नपुगी सरुवा नगर्ने नीति छ तर श्रेष्ठलाई भने सचिव राईकै दबाबमा अति आकर्षकका रूपमा चिनिने  दक्षिणकाली गणमा ६ महिनामा नै सरुवा गरी ल्याइएको थियो ।\\

    सचिवकै आडभरोसामा रासनकाण्डमा दोषी देखिए पनि एसपी श्रेष्ठ कारवाहीबाट बच्न सफल भएका थिए । दोषी देखिए पनि सचिव राईकै कारणबाट जोगिएका एसपी श्रेष्ठ गतपुसमा नै दक्षिणकाली गणमा सरुवा भएको एक वर्ष बितिसकेपछि पनि अझै उनको सरुवा भएको छैन । उनी १४ महिनादेखि सो गणको गणपतिका रूपमा कार्यरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार