Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीन सरकारले सहयोगस्वरुप दिएका स्वास्थ्य सामग्री  हिमालय एयरले ल्यायो


    शनिबार, बैशाख २७ २०७७
    980
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ बैशाख । कोरोना टेष्ट गर्नका लागि आवश्यक किट लगायतका स्वास्थ्य सामग्री अभाव भइरहेको समाचार सार्वजनिक भएको बेला हिमालय एयरलाइन्सले त्यो अभाव पूरा गरेको छ । हिमायय एयरलाइन्सले आज बिहान चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

    छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिईं), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार