Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई डीएसपी सरुवाः सोह्रखुट्टेमा खड्का, ठिमीमा कँडेल


    शुक्रबार, बैशाख २६ २०७७
    2.1K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीले दुई डीएसपीको सरुवा गरेको छ । शुक्रबार राति निकालिएको सरुवामा महानगरीय प्रहरी बृत्तको प्रमुखमा दीपक खड्का र ठिमीको प्रमुखमा ऋषि कँडेलको सरुवा गरेको छ । 

    डीएसपी खड्का बौद्ध प्रहरी बृत्तमा इन्स्पेक्टर हुँदा बौद्ध रामहिटीमा ५० औं बर्षदेखि बसेका एक ब्यक्तिको घर भत्काउन खोज्दा स्थानीयको घेराउमा परी बालबाल उम्किएका थिए । त्यतिबेला बौद्धको बृत्त प्रमुख थिए, हालका काठमाडौं परिसरका प्रमुख श्याम ज्ञवाली । खड्का प्रहरीमा अति घुस असुलीमा बदनाम मानिन्छन् । उनी काठमाडौंको गाकेर्णका हुन् ।

    पूर्वआइजीपी श्यामभक्त थापाको कृपा प्राप्त गरेका उनी मिर्चैयाको डीएसपी हुँदा पनि घुस असुली गरी अपराधीलाई उन्मुक्ति दिएपछि तानिएका थिए । मिर्चैयालाई आधार क्षेत्र बनाएर आपराधिक क्रियाकलाप गर्ने अशोक यादव, उमेशकुमार यादव, खगेश्वर यादव, शम्भू यादव, सम्बद्ध कुमार यादव, काशिन्दर यादवको समूहलाई संरक्षण गरेको आरोप उनीमाथि लागेको थियो ।

    यो आपराधिक गिरोहले जिल्लाको विभिन्न ठाँउ खासगरी मिर्चैयालाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएको थियो ।  २०७५ असार ११ गते राति १२ बजे मिर्चैयामा पुजा भइरहेको एक घरमा यही समूहको आक्रमणमा परी आधा दर्जन स्थानीय घाइते भएका थिए । आक्रमणमा परेर स्थानीय बासिन्दा अजयप्रकाश यादव, दीपेन्द्रकुमार यादवको अवस्था चिन्ताजनक बन्न पुग्यो । यादवद्वयको टाउको र जिउमा ज्यान जानेसम्मको चोट भएको अस्पतालको रिपोटले पुष्टि गरेको थियो । 

    तर यही समुहलाई मिर्चैयाका प्रहरी निरीक्षक वैधनाध यादबको सेटिङमा पक्राउको नाटक मञ्चनगरी उन्मुक्ति दिन सार्वजनिक अपराध मुद्दामा म्यादथप गरेपछि यी आपराधिक गिरोहको प्रहरीसँगको मिलोमतो पुष्टि भएको थियो । यही आपराधिक गिरोहलाई असई यादबको सेटिङमा एक महिना अघि मात्र मिर्चैयाको कमाण्ड सम्हालेका डिएसपी दिपक खड्काले उन्मुक्ति दिने योजना बनाएपछि उनी तानिएका थिए ।

    जहाँ जहाँ सरुवा भए पनि आर्थिक मामलामा बदनाम भएका उनी अहिले विवादित एसपी दानबहादुर मल्लको सेटिङमा सोह्रखुट्टे सरुवा भएको स्रोत बताउँछ । एसपी मल्लले गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकलाई भेटाएर कुराकानी मिलाएपछि उनको सरुवा सर्वाधिक आकर्षक मानिने सोह्रखुट्टेमा भएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार